बाजुरा, श्रावण २८ - विकट क्षेत्रमा पर्ने बाँधुका ४ वटा वडामा एकै साथ झाडापखाला फैलिएको स्थानीय बासिन्दाले बताएका छन् ।
बाँधु-२ देखि ५ नम्बर वडामा पर्ने धिम गाउँमा झाडापखाला फैलिएको स्थानीय बासिन्दा समेत रहेकाअवकाश प्राप्त पूर्व प्रहरी सहायक निरीक्षक गम्मबहादुर सुनारले बताए । सदरमुकाम मार्तडीदेखि अढाई दिनको पैदल दुरीमा पर्ने बाँधुका यी वडाहर" बसोवास गर्ने धेरै जसो स्थानीय झाडापखालाको प्रकोपमा परेको उनले बताए । केही बिरामी सिकिस्त भएका स्थानीयले बताए । २ नम्बर वडाकै धिम गाउँकी ४४ वर्षीया चिनकला रोकाया, ५० वर्षीय कृष्णदत्त पाण्डे र ३ नम्बर वडाकि ३५ वर्षीया शान्ति विकलाई छिमेकी जिल्ला मुगुको रातापानी स्वास्थ्य चौकीमा उपचारका लागिपठाएको सुनारले बताए ।
एक सातायता झाडापखालाका बिरामीहरू ह्वात्तै बढेपछि हामी आत्तिएका बताउँदै सुनारले ईकान्तिपुरसँग भने, 'उपचारका लागि कोल्टी पुग्न झण्डै एक दिन हिँड्नु पर्ने भएकाले त्यो भन्दा केही नजिक पर्ने मुगुको रातापानीमा उपचार गराई रहेका छौं ।'
जिल्ला स्वास्थ्य कार्यालयले भने बाँधुमा झाडापखाला फैलिएको औपचारिक जानकारी हालसम्म नआएको बताएको छ । कार्यालयका निमित्त प्रमुख रहेका डा. हृदयविभु घिमिरेले ईकान्तिपुरसँग भने 'अन्य निकायबाट बाँधुमा झाडापखाला फैलिएको जानकारी आए लगत्तै हामी बुझ्ने प्रयास सुरु गरेको भए पनि सम्पर्क भने हुन सकिरहेको छैन ।' हाल जिल्ला अस्पताल लगायत ग्रामीण क्षेत्रमा झाडापखालाका बिरामी बढेको जानकारी गराउँदै बाँधुमा प्रकोप बढेको भए तत्काल उपचार प्रबन्ध मिलाइने डा. घिमिरेले बताए ।
No comments:
Post a Comment