Wednesday, August 8, 2012

सुन चोर्ने गिरोह पक्राउ

ललितपुर, श्रावण २४ - श्रृङखलावद्ध चोरी गर्ने गिरोहलाई प्रहरीले ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको छ । ठेचो-९ का राजेन्द्र महर्जनको घरबाट पाँच तोला सुन चोरेको पाच जनाको समूहलाई चापागाउ प्रहरी वृत्तले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शिवराज पहारी, विजय पहारी, सन्तोषसुनार, अशोक सेण्डे र अजित बेरा रहेको प्रहरी नायव उपरिक्षक नलप्रसाद उपाध्यायले बताए । समूहका सदस्यहरु यसअघि पनि चोरीको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment