टेकनारायण भट्टराई, पाल्पा, साउन २४- शिक्षा मन्त्री दिनानाथ शर्मालाई कालो झण्डा देखाउने क्रममा प्रहरीसँग झडप हुँदा १२ जना विद्यार्थी नेताहरु घाइते भएका छन्। बुधबार तानसेनको महेन्द्रबोधी माविको स्वर्ण महोत्सव उद्घाटनका लागि आएका मन्त्री शर्मालाई नेविसंघ, अखिल, अखिल छैठौं र अनेरास्ववियु क्रान्तिकारीले विरोध गर्दै कालोझण्डा देखाएका हुन्।
कार्यक्रमको मञ्चमा बसेका शर्माको सामुन्नेका घरका छतमा चढेर विद्यार्थीले विरोध गरेका थिए। तत्कालै प्रहरीले हस्तक्षेप गरेर विरोधमा उत्रेका विद्यार्थीलाई तितरवितर पारेको थियो।
छौठौंका केन्द्रिय सदस्य रेशम कंडेलका अनुसार प्रहरीको लाठिचार्जबाट ३ जनाको हात भाँचिएको छ। १० जना मिसन अस्पताल र ३ जनालाई जिल्ला सरकारी अस्पतालमा उपचारका लागि पठाइएको कंडेलले बताए। प्रहरीले लाठीचार्ज गरेपछि घरको छतबाट हाम फालेका विद्यार्थी घाईते भएका छन्।
प्रहरी दमनको विरोध भन्दै दिउसो दुईबजेदेखि ४ बजेसम्म दुई घण्टे पाल्पा बन्दको घोषणा गरेको अखिलका केन्द्रिय सदस्य दिपक विकले बताए। प्रहरी र विद्यार्थीबीच आधा घण्टासम्म तनाव भएको थियो।
No comments:
Post a Comment