Wednesday, July 4, 2012

सुन्दरीघाट प्रदर्शनमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला जलाइयो

काठमाडौं, असार २० (नागरिक)- थापाथलीबाट हटाइएका सुकुम्बासीलाई सरकारले बल्खु नजिक सुन्दरीघाटमा पुनःस्थापित गर्न खोजेको भन्दै स्थानीय बासिन्दाले सडक अवरद्ध गरी प्रदर्शन गरेका छन्। बुधबार कार्यालय समयमा सुन्दरीघाटकोसडक अवरुद्ध पारी स्थानीयले प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला जलाए।
सडक अवरुद्ध गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बल प्रयोग गरी प्रहरीले अहिले सडक सुचारु गरेको छ। सुन्दरीघाटबाट हटेका प्रदर्शनकारीहरु धोविघाटमा जम्मा भएर फेरि टायर बाली सडक अवरुद्ध गर्ने तयारी गरिरहेका छन्।
पुरातात्त्विक महत्त्वको सुन्दरीघाटमा पौराणिक चिहान, घाट, देवीदेवताका मूर्ति र सार्वजनिक जग्गा रहेकाले सरोकारवालाहरूसँग छलफल नगरी सुकुम्बासी बस्ती बसाउनु नहुने स्थानीयको भनाइ छ। २०३५ सालमा ढल प्रशोधनका लागि ५ सय ८६ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको थियो त्यही जग्गामा अहिले सुकुम्बासी बस्ती बसाउन लागेपछि स्थानीय विरोधमा उत्रिएका हुन्।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment