काठमाडौँ, असार २७ (नागरिक)- चेलिबेटी बेचबिखन गिरोहका नाइके बजिरसिंह तामाङलाई सिन्धुपाल्चोक जिल्ला अदालतले १७० वर्ष जेल सजायको फैसला गरेको छ। नेपाली चेली भारतमा लगेर बेचको आरोपमा उनी नेपाल प्रहरीले सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका थिए। उनी मंसिर १४ गते राजधानीमा पक्राउ परेका थिए। सार्वजनिक अपराध मुद्दामा प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरी प्रहरी परिसर हनुमानढोकालाई बुझाएको थियो। पक्राउपछि अनुसन्धान गर्दै जाँदाउनी चेली बेच्ने गिरोहका नाइके भएको खुलासा भएपछि मुद्दा रहेको जिल्ला सिन्धुपाल्चोक ल्याइएको हो।
बेश्यालय सञ्चालक र दलालबीच नेपाली चेली झिकाउने सुत्राधारको काम गर्दै आएका उनी विरुद्ध मानव बेचविखन तथा ओसापसारका चार वटा मुद्दा थिए।
No comments:
Post a Comment