गोरखा, असार २५- गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामना मन्दिरका विभिन्न स्थान र सामग्रीमा जलप लगाउन पुरातत्व विभागले मनकामना क्षेत्र विकास समितिलाई एक किलो सुन उपलब्ध गराएको छ। उक्त सुनको बजारमूल्य रु ५८ लाख ४७ हजार रहेको समितिका अध्यक्ष दिनेश जोशीले जानकारी दिए।
मनकामना मन्दिर जीर्णोद्धारका लागि एक किलो दुई सय आठ ग्राम १३९ मिलिग्राम सुन उपलब्ध गराएकोजोशीले बताए। मन्दिरका मूर्ति, टुँडाल, पूजाका भाँडाकुँडामा जलप लगाउन पुरातत्व विभागले उक्त सुन उपलब्ध गराएको हो।
यसैबीच मन्दिर जीर्णोद्धारका लागि आवश्यक पर्ने काठ मकवानपुर जिल्लाबाट ल्याउने र उक्त काठका लागि रु ४१ लाख ४२ हजार सरकारले उपलब्ध गराएको पनि अध्यक्ष जोशीले जानकारी दिए।
मनकामना मन्दिर जीर्णोद्धारका लागि रु आठ करोड खर्च लाग्ने अनुमान गरिएको छ।
विस. १९९० को भूकम्पका कारण मन्दिर ढल्केको र बर्सेनि मुसाले खोतल्दा मन्दिरको अवस्था बिग्रँदै गएपछि सरकारले जीर्णोद्धार गर्न चासो देखाएको हो।
यद्यपि मनकामना क्षेत्र विकास समितिले मन्दिरमा चढाउने भेटीलाई व्यवस्थित गर्न खोजे पनि सकिरहेको छैन। यस मन्दिरमा दैनिक हजारौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन्।
मन्दिर जीर्णोद्धारको शुभारम्भ प्रधानमन्त्री बाबुराम भट्टराईले केही महिनाअघि गरेका थिए। रा
No comments:
Post a Comment