चितवन, असार २२- एकीकृत नेकपा (माओवादी) र नवगठित नेकपा (माओवादी)को चितवन पार्टी कार्यालयमा अहिले नेता- कार्यकर्ता हैन, प्रहरीमात्र भेटिन्छन्। दुई पक्षबीच झडप भएपछि त्यहाँ नेपाल प्रहरीले क्याम्प नै राखेर सुरक्षा दिन थालेको छ।
भरतपुर नगरपालिका-६ कृष्णपुरमा रहेको पार्टी कार्यालय प्रयोजनको विषयलाई लिएर एकीकृत नेकपा (माओवादी) र नवगठित माओवादीको आन्तरिक विवादका कारण यही असार १६ गते दुई समूहबीच झडप भएको थियो।
सो घटनापछि पार्टी कार्यालयको सुरक्षाका लागि भन्दै प्रहरीले दुवै पक्षका कार्यकर्तालाई प्रवेशमा रोक लगाई आफ्नो क्याम्प खडा गरेको हो।
कार्यालयको सुरक्षाका लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा २५ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकरवि पौडेलले जानकारी दिए। पार्टीको आन्तरिक विवाद नमिलेसम्म पार्टी कार्यालयमा प्रहरीले नैसुरक्षा दिने उहाँको भनाइ छ। रासस
No comments:
Post a Comment