मातृका यादवको नेतृत्वमा रहेको नेकपा (माओवादी)ले संविधान सभालाई बदनाम गरी आफै विघटन गराई सत्ताको भागवण्डा गर्ने प्रतिस्पर्धा गरिरहेको भन्दै प्रमुख दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनालको भण्डाफोर गर्ने भएको छ।
शीर्ष नेता लगायतका 'यथास्थितिवादी, प्रतिगामी तथा भ्रष्ट' नेताहरुको भण्डाफोर सहितको संघर्षको कार्यक्रम सार्वजनिक गर्न पार्टीले आज आफ्नो अनामनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दैछ।
'देशका प्रमुख भनिने राजनीतिक दलहरू नेपाली जनताले भोगिरहेका महङ्गी, असुरक्षा, भ्रष्टाचार, कालोबजारी, कृत्रिम अभाव, विदेशी हस्तक्षेप र राष्ट्रघात जस्ता समस्याप्रति आँखा चिम्लिँदै मृत संविधानसभाको पुनस्र्थापना र सत्ता भागवण्डाका लागि एकापसमा लडिरहेका' भन्दै पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
No comments:
Post a Comment