टेकनारायण भट्टराई, पाल्पा, असार १९ - जंगली च्याउ खाँदा पाल्पाको हक्लाङ गाविस- ८ का ३ बालकको मृत्यु भएको छ भने २ जना बालबलिकाको अवस्था गम्भिर छ । असार १६ गते च्याउ खाएका उनीहरुको पाल्पा मिसन अस्पतालमा उपचार गर्दागर्दै गएरातिमृत्यु भएको हो । मृत्यु हुनेमा ५ वर्षका कुशल राना, १३ वर्षका एकबहादुर सारु र ११ वर्षका किरण सारु छन् । सारु दाजु भाइ हुन् ।
८ वर्षका नरेश सारु र ६ वर्षिया सुस्मिता सारुको अवस्था चिन्ताजनक छ । मृत्यु हुने र बिरामी सारु एकै परिवारका हुन् । मृतक सारुका आमाका अनुसार घरमा अभिभावक नभएको बेला उनीहरुले जंगलबाट च्याउ खोजेर घर ल्याएर पकाएर खाएका थिए ।
यसैबीच गुल्मी ग्वादी गाविसका प्रकाश सुनारको पनि जंगली च्याउ खाँदा स्वास्थ्य अवस्था गम्भिर छ । उपचारको लागि उनलाई मिसन अस्पतालमा भर्ना गरिएको छ ।
यसैगरी जंगलबाट ल्याएको बिषालु च्याउ खाँदा बारा मनहर्वा गाविसका एकै टोलका १३ जना सिकिस्त बिरामी भएका छन् । उनीहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।हिजा दिउसो जंगलबाट ल्याएको च्याउको तरकारी खाएर बिरामी परेकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । बिरामी हुनेहमा मनहर्वा-१ जैतापुरकी ३५ वर्षीया कमला गोले, उनकी ११ वर्षीया छोरी अनितागोले, ३५ वर्षीया बेलिमायाँ गोले, ५५ वर्षीया देवीमायाँ गोले, १४ वर्षीया लालीमायाँ गोले छन् । यसैगरी १७ वर्षीया शान्ति गोले, १६ वर्षीया ज्योति गोले, १४ वर्षीया आरती गोले, पाँच वर्षीय पासाङ गोले, अढाई वर्षीय सिमान्त गोले, १० वर्षीयाशिल्पा गोले, १० वर्षीय प्रकाश गोले र १२ वर्षीय अजय गोले बिरामी छन् ।
बिरामीमध्ये कमला, अनिता, देवीमायाँ र बेलीमायाँको अवस्था गम्भीर रहेको सो अस्पतालले जनाएको छ। बिरामी पर्ने सबै तामाङ समुदाय हुन्। पूर्व-पश्चिम राजमार्गको जंगल छेउबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन्। उनीहरूलाई राति १० बजे नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको हो।
No comments:
Post a Comment