राजु अधिकारी, झापा, असार १३- भारतको मणिपुरका स्थायी बासिन्दा शोभा मणिपुरेले झापाको जलथल-४ आफ्नी ३० वर्षे श्रीमती नरमाया तथा ३ महिनाकी छोरी रेविकाको हत्या गरेका छन्। वैशाखदेखि ससुराली गाउँमा बस्दै आएका उनले छोराको समेत हत्या प्रयास गरेका छन्।
आफ्नै पिताको आक्रमणका कारण ४ वर्षे छोरा अरुण सिकिस्त छन्। उनलाई उपचारका लागि विराटनगर लगिएको छ।
श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र छोरीको घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ।
हत्यापछि उनी फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
No comments:
Post a Comment