Thursday, June 14, 2012

मदनकृष्ण-हरिवंशको कृषि फार्ममा प्रधानमन्त्री

काठमाडौं, जेष्ठ ३२ - प्रधानमन्त्री बाबुराम भट्टराई बिहीबार बिहान कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नेपालटारस्थित कृषि फार्म निरीक्षणमा गएका छन् ।
जितपुरफेदीस्थित कृषि फार्ममा पुगेका प्रधानमन्त्रीले कृषि क्षेत्रको सहयोगका लागि आफू तयार रहेको बताए । उनले कलाकारले कृषिमा हात हालेकोमा शुभकामनासमेत दिए ।
मदनकृष्णको जग्गामा ५५ लाख रुपैयाँको लागतमा कृषि फार्म सञ्चालन गरिएको छ ।
हरेक महिना विभिन्न जिल्लाका ग्रामीण वस्तीमा पुगेर जनतासँग अन्तर्क्रिया गर्ने प्रधानमन्त्री बुधबार साँझ काठमाडौं क्षेत्र नम्वर ६ को जोर महाकांलका जनतासँग प्रत्यक्ष भेट गरेका थिए ।

No comments:

Post a Comment