नाडालको होटल कोठाबाट चोरी भएको ३ लाख ७६ हजार डलरमुल्यको घडी फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न मानिएका बारमेन (होटलका कर्मचारी)लाई पक्राउ गरिएको पनि प्रहरीले बताएको छ।
सोमबार वर्षको दोस्रो ग्राण्ड स्लाम फ्रेन्च ओपन उपाधि सातौँ पटक जितेर कीर्तिमान बनाएका नाडाल पेरिसमा थिए।
त्यो घडी महंगो घडी निर्माता रिचर्ड मिलले स्पेनका टेनिस स्टारलाई दिएको थियो। यो सोमबार अवेर देखि मंगलबार विहानको बिच कुनै बेला हराएको थियो।
त्यो महंगो घडी मंगलबार राति दक्षिण पेरिस स्थिति एउटा रेलवे लाइनमा भेटिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा त्यही होटलमा काम गर्ने ३९ वर्षीय बारमेनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रियाहरू
No comments:
Post a Comment