Thursday, June 14, 2012

आज विश्वभर रक्तदाता दिवस मनाइदै

३२ जेठ, काठमाडौं । आज जुन १४, विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
रक्त समुह ‘ए’, ‘बी’ र ‘व’ पत्ता लगाई चिकित्सा विज्ञानमा नोबेल पुरस्कार विजेता डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ का दिन विश्वभरका रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्न यो दिवस मनाउने गरिएको हो ।
यसबर्ष ‘हरेक रक्तदाता एक महाव्यक्ति हुन्’ भन्नेमुख्य नारासहित दिवस मनाइँदै छ । दिवसका अवसरमा ब्लड डोनर्स एसोसीयसन नेपालले जनचेतना मुलक ¥यालीको आयोजना गर्दै छ । र्याली भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा, खिचापोखरी, सिद्धि चरण चोक, जुद्धशलिक इन्द्रचोक, महाबौद्ध, असन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा गई समापन हुने एशोसियसनले जनाएको छ ।
यस्तै दिवसको अवसरमा आज नेपालमा धेरै रक्तदान गर्ने व्यक्तिहरुलाई एसोसिएसनले सम्मान गर्दै छ। हाल नेपालमा दैनिक आवश्यकता अनुसार रगत नपाइने गरेको छ ।

No comments:

Post a Comment