३२ जेठ, काठमाडौं । नेपाल टेलिकमले आज साँझ ६ बजेदेखि असार २ गते राती १२ बजेसम्म जीएसएम मोवाईल काउन्टरहरु बन्द गर्ने भएको छ । यो अवधिभरि देशभरीका सम्पूर्ण ग्राहक सेवा कार्य अवरुद्ध हुने टेलिकमले जनाएको छ ।
सो समयमा जीएसएम मोबाइल सेवा र प्रिपेड रिचार्ज सुविधा भने यथावत रुपमा सञ्चालन हुने भए पनि पोष्टपेड मोवाइल सेवाको बिल रिचार्ज कार्ड, इ–रिचार्ज, एमपीओएस पीनलेस रिचार्ज तथा बैंक मार्फत् भुक्तानी गर्ने सुविधा अवरुद्ध हुने टेलिकमले जनाएको छ ।
आगामी असार ३ गतेदेखि जीएसएम पोष्टपेडको बिल भुक्तानी सेवा, जीएसएम मोवाइल काउन्टरहरु तथा ग्राहक सेवा केन्द्रहरु अहिलेकै अवस्थामा सुचारु हुने पनि टेलिकमले जनाएको छ ।
No comments:
Post a Comment