Friday, June 29, 2012

अंश विवादमा भाउजुको हत्या

दमक, असार १५- अंशबन्डा विवादमा झापाको पाँचगाछी-७ की एक महिलाको हत्या भएको छ। बिहीबार बिहान राजकुमार श्रेष्ठले अंशविवादमा भाउज्यू हेमकुमारीलाई कोदालोले काटेर घाइते बनाएका थिए।घाइते हेमकुमारीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
इलाका प्रहरी कार्यालय शिवगन्जले अभियुक्त राजकुमारलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको जनाएको छ। रासस

No comments:

Post a Comment