Saturday, June 1, 2013

भारतको बिरोध नगरौं, विकास गरौं : भट्टराई

दाङ, जेष्ठ १८ - एमाओवादी उपाध्यक्ष एवं पूवधानमन्त्री बाबुराम भट्टराईले
भारतको गाली मात्रै गर्नुभन्दा देशको विकासमा ध्यान दिनुपर्ने बताएका छन्

प्युठान जाने क्रममा आज भालुबाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन
गर्दै भट्टराइले नौमुरे सिचाईा लगायतका बिभिन्न बिकासका कामलाई भारतसँग
जोडेर राष्ट्रघाती भन्नु उचित नहुने बताए ।
भारतको गाली गरेर राष्ट्रबादी बन्नेभन्दा विकासका काम गर्नतिर
लाग्नुपर्ने धारणा भट्टराइले राखे । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त
उपलब्धीसंस्थागत नहुँदासम्म नयाँ नेपाल नबन्ने उल्लेख गर्दै भट्टराइले
उपलब्धी रक्षा गर्ने बाटो संबिधानसभा मात्रै भएको बताए ।
नयाँ संबिधान नबन्दासम्म मुलुक अघि बढ्न नसक्ने भएकाले निर्वाचन सम्पन्न
गर्न सबैले सहयोग गर्नुपर्ने बिचार भट्टराइले व्यक्त गरे ।
प्र source ekantipur.com

No comments:

Post a Comment