Wednesday, March 13, 2013

गुगलले ल्याउने भो ‘बोल्ने जुत्ता’(भिडियोसहित)

सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी
गरेको छ । बिशेष प्रकारको चस्माको आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता
ल्याएरप्रबिधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ ।
गुगल वर्कशपले बनाएको यो 'टकिङ शूज' ले तपाई कुन ठाउँमा हुनुहुन्छ,
त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो
जुक्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा
सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ ।
गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटरस्पीकरसँग कनेक्ट गरेको
छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् ।
यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले 'भ्वाईस' अपडेट
दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ
। तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ
'तपाई किन रोकिनु भएको ?'
कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर
कुराकानी गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट
गर्न सक्नेछन् ।
गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो ।
नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन
गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको
ब्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आबिस्कारलाई मात्र
प्रर्दशन गर्न खोजिएको बताएका छन ।- एजेन्सीको सहयोगमा
भिडियो हेर्नुहोस्http://www.onlinekhabar.com/2013/03/50466/

No comments:

Post a Comment