Saturday, March 23, 2013

सुर्खेतमा रोमाञ्चक र्‍याफ्टिङ र प्याराग्लाइडिङ (फोटोफिचर)

दायाँ-बायाँ घना जगल, विचमा नदी । नदीमा सलल बोटमा बसेर बगेर जानुको
मज्जै बेग्लै । हजुर, हामी आज तपाईलाई लैजाँदै छौँ मध्यपश्चिमको भेरी
नदीमा, जहाँ रोमाञ्चक र्‍याफटिङको आनन्द लिन सकिनेछ । ' भेरी त सधै
देखिरहकै हो, तर बोटमा चढेर जाँदाको मज्जै अर्कै हुँदोरहेछ'-र्‍याफटिङ
गरेर फर्केका पत्रकार भद्र भण्डारीले भने । सफा पानीमाथि दौंडिइरहँदा
माछा पौडिइरहेका देखिन्छन ।
सुर्खेतमा गत असोजदेखि औपचारिक रुपमा भेरी नदीमा र्‍याफ्टिङमा अहिले निकै
आर्कषण बढिरहेको छ । स्थानीयवासी र यहाँ घुम्न आउने पर्यटकहरुले भेरी
नदीमा र्‍याफटिङको आनन्द लिन थालेकाछन ।पर्यटकीय हिसावले सुर्खेतको
काँक्रे विहार, देउतीबज्यै, बुलबुले, घण्टाघर सुर्खेत बजार नजिकै भएका
कारण पनि स्थानियहरुलाई नया गन्तव्यको आवश्यकता थियो । त्यसमाथि यहाँ
घुम्न आउने पर्यटकलाई नयाँ आर्कषण पनि थपिएको छ । सुर्खेतको एकमात्र
र्‍याफटिङ संचालक र्‍यापिड एडभान्चरका निर्देशक समुन्द्र गौतमले दिएको
जानकारीअनुसार सदरमुकामदेखि करीव २० किलोमिटर टाढाभेरी नदीको पुलबाट सुरु
भई हरिहरपुर गाविसमा गएर समाप्त हुने गर्दछ । र्‍याफटिङको दुरी १८
किलोमिटरको छ । 'खाली बस्नु परेको छैन'- गौतमले केही महिनाको अनुभव
सुनाए-'र्‍याफ्टिङको अन्तिम बिन्दुबाट फर्किने बाटो सहज नहुँदा केही
समस्या देखिएको छ ।'
सुर्खेत भ्रमणमा जाने पर्यटकहरुलाई र्‍याफ्टिङसँगै अर्को पनि एउटा
रोमाञ्चक खेल थपिएको छ- प्याराग्लाइडिङ । केही समयअघि गरिएको परिक्षण
उडान सफल भएपछि अहिले यसको ब्यबसायीक संचालनको तयारी भइरहेको छ ।
विश्वप्रख्यात प्यारगलाईडि पाईलट एव नेशनल जोग्राफिल २०१२ को साहसीक
मानिस घोषित बाबु सुनुवारले परिक्षण गरेका थिए । उनी भन्छन- सुर्खेतमा
प्यारगलाईडिङको निकै राम्रो सम्भावना छ । नेपालका धेरै स्थानमा
प्यारगलाईडिड गर्न मिले पनि प्राविधिक हिसावले सुर्खेतमा प्यारागलाईडिङका
लागि उपयुक्त भएको सुनुवारले बताए । सदरमुकामबाट आधा घण्टाको बसयात्राबाट
पुगिने गढी गाविस वडा न. ६ बाट सुरु भई घण्टाघर नजिक परिक्षण समापन
गरिएको थियो । भेरी नदीमा र्‍याफटिङका लागी सम्पर्क गर्नु परेमा वा थप
जानकारी लिन चाहेमा र्‍याफटिङ एडभान्चरको फोन नम्बर ९८४८०००७०६ मा
सम्र्पक गर्न सकिने छ ।
more photo at http://www.onlinekhabar.com/2013/03/54040/

No comments:

Post a Comment