Sunday, March 24, 2013

एमाले युवासंघमा अपराधीलाई महत्वपूर्ण जिम्मेवारी

११ चैत, काठमाण्डौं । युवा संघ नेपालले उत्पादन क्षेत्रमा कार्यकता
परिचालन गर्ने भने पनि आपराधिक पृष्ठभूमिका व्यक्तिले महत्वपूर्ण
जिम्मेवारी पाएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको सम्पत्ति फेला परेको
भन्दै कारबाही सूचीमा राखेको पर्शुराम बस्नेतलाई युवा संघ नेपालका
पूर्वाञ्चल इन्चार्ज तोकिएको छ । गत साउनमा केन्द्रीय सदस्य मनोनीत भएका
बस्नेतले छलाङ मार्दै पूर्वाञ्चल इन्चार्ज बनेकोमा धेरैले आश्चर्य मानेका
छन् ।
पूर्वाञ्चल क्षेत्र विराटनगरमा बसेर विभिन्न आपराधिक क्रियाकलापमा बस्नेत
संलग्न छन् । उनी टेन्डर कब्जा, पत्रकार कुटपिट, जबरजस्ती असुली जस्ता
काममा संलग्न रहेको आरोप छ ।
त्यस्तै दाङका अर्जुन गुरुङलाईखेलकुद विभागको जिम्मेवारी दिएको छ ।
माओवादीले दाईको हत्या गरेपछि राजनीतिक संरक्षणखेाज्दै गुरुङ एमालेमा
प्रवेश गरेका थिए । राजधानीबाट पेस्तोलसहित पक्राउ परे पनि राजनीतिक
दवावका कारण गुरुङमाथि प्रहरीले कारबाही गर्न नसकेको एक प्रहरी अधिकारीले
बताएको खबर नागरिक दैनिकले छापेको छ ।
त्यस्तै प्रहरीको अनुसन्धान घेरामा रहेका रामेछापका शेरबहादुर तामाङलाई
उद्योग विभागको जिम्मेवारी दिइएको छ । केन्दीय सदस्य अमित लामालाई युवा
संघको आर्थिक विभागको उपप्रमुख बनाइएको छ । सो समूहका प्रमुख गणेश लामा
भने विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका
केन्द्रीय सदस्य हुन् ।
यता युवा संघ नेपालले व्यापारीबाट चन्दा नउठाउने घोषणा गरेको छ ।
नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैंठकको निर्णय सार्वजनिक
गर्नआयोजित कार्यक्रममा अध्यक्ष महेश बस्नेतले बुटबल अधिवेशनबाटै त्यसको
अभ्यास सुरु भएको बताए ।

No comments:

Post a Comment