Thursday, February 21, 2013

पर्यटकले नेपाल घुम्ने कार्यक्रम रद्द गर्न थाले

१० फागुन, काठमाण्डौं । यस वर्षको वसन्त ऋतुमा नेपाल घुम्ने कार्यक्रम तय
गरेका पर्यटकले वर्तमान राजनीतिक परिस्थितिका सम्बन्धमा पर्यटन
व्यवसायीलाई निकै प्रश्न राख्ने गरेका छन् । 'तिमीहरुको देशमा यस्तो के
भइरहेको ?' 'बन्द, हडतालजस्ता क्रियाकलाप अव निर्वाचनको समयसम्म चलिरहने
हो ?' 'यो समयमा नेपाल घुम्न आउनु सुरक्षाको दृष्टिले उपयुक्त हुन्छ कि
हुँदैन् ?' जस्ता प्रश्नको उत्तर दिँदैमा अहिले पर्यटन व्यवसायीको समय
वित्ने गरेको छ ।
यस वर्षको पर्यटकीय मौसमका रुपमा रहेका मार्चदेखि म सम्मको अवधिमा नेपाल
घुम्ने कार्यक्रम तय गरेका कतिपय पर्यटकमा 'सोचेर मात्र नेपाल जान' जस्ता
ट्राभल 'एडभाइजरी'का कारणले अन्योल छाएको गोरखापत्र दैनिकमा खबर छ । बन्द
हडतालजस्ता कार्यक्रममा पर्यटकको सवारीसाधनमाथि तोडफोड भएपछि त झन् यसले
नकारात्मक सूचना प्रवाह गरेको छ ।
हेरिटेज ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक श्याम मदन केसीले राजनीतिक
अन्योलताका कारण पर्यटकले बुकिङ रद्द गर्न थालेको जानकारी दिनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete