Tuesday, February 19, 2013

नेकपा-माओवादीको बन्दका कारण देशभरको जनजीवन प्रभावित

सार्वजनिक यातायातका सवारी साधन ठप्प
८ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख
दलहरुको निर्णयको विरोध तथा दैलेखका पत्रकार डेकेन्द्रराज थापाकोहत्याको
अभियोगमा पक्राउ परेका आफ्ना कार्यकताको रिहाईको माग गर्दै
नेकपा-माओवादीले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ ।
नेकपा-माओवादीका कार्यकर्ता सडकका चोक चोकमा भेला भएर प्रर्दशन गरिरहेका
कारण सवारीका सधान, पसल तथा विद्यालय ठप्प भएका छन् ।
एम्बुलेन्स, पर्यटक, प्रेस, तरकारी बोकेका सवारीलार्इ चल्न दिने
बन्दकर्ताले बताए पनि बन्दको बेला सवारीसाधन चलाएको भन्दै
काठमाडौंकोनयाँवानेश्वर चोकमा बन्दकर्ताहरुले कान्तिपुर टेलिभिजनको एउटा
गाडीमा तोडफोड गरेका छन् भने सगरमाथा टेलिभिजनको गाडीमाथि पनि तोडफोड
भएको छ ।
बन्दका कारण अरनिको राजमार्गबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र
बीपी राजमार्ग भएर सिन्धुली-बर्दिबास हुदैँ तराईका विभिन्न जिल्लातर्फ
जाने र राजधानी भित्रिने कुनै पनि सवारी साधन सञ्चालनमा नरहेको जगाती
प्रहरी चेक पोष्ट भक्तपुरले जनाएको छ ।
बन्दकर्ताहरु विहानैदेखि हातमा पार्टीको झण्डा बोकेर मुख्य-मुख्य
चोकहरुमा बसिरहेका छन् । बन्दका क्रममा हुनसक्ने घटनालाई मध्यनजर गर्दै
मुख्य मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु पनि तैनाथ रहेका छन्

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete