Monday, September 17, 2012

अमेरिकी दूतावासको पार्खाल भत्काउन एक अर्वको दाबी

4 १ असोज, काठमाण्डौं । छेउछाउको संरचना भत्काएर सडक पराकिलो बनाउने सरकारी अभियानलाई सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन् । तर,
अमेरिकी दूतावासले भने तीन मिटर सडक विस्तार गर्न करिब एक अर्व क्षतिपूर्ति दाबी गरेको छ । दूतावासले बनाएको पर्खाल भत्काउनमात्र ४४ करोड रुपैयाँ मागेको छ । त्यस्तै तीन मिटर जग्गाको स्थानिय भाउअनुसारको मूल्य र फेरि पर्खाल बनाउन लाग्ने खर्च पनि दूतावासले दाबी गरेको छ । यसरी एक अर्व रुपैयाँ पाए मात्र पर्खाल भत्काउन दिने जानकारी सरकारलाई दूतावासले पठाएको छ । लाजिम्पाट-बाँसबारी सडकखण्ड विस्तार गर्नेक्रममा दूतावासको पर्खाल पनि भत्काउनुपर्ने भएपछि बाटो छेउछाउमा पर्ने सवै दूतावासलाई मन्त्रालयबाट पत्राचार गरिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

No comments:

Post a Comment