Sunday, September 16, 2012

चन्दा नदिएको भन्दै क्रान्तिकारीद्धारा विद्यालयमा तोडफोड

काठमाडौं । चन्दा नदिएको भन्दै एमाओवादीसम्वद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले आइतबार महेन्द्रनगरस्थित फ्लोरिडा इण्टरनेसनल उच्च मावि र भीमदत्त नगरपालिका-१६ वसन्तपुरको प्रभात विद्या निकेतनमा तोडफोड गरेका छन । राष्ट्रिय भेलाका लागि भन्दै अखिल क्रान्तिकारीले फ्लोरिडा इण्टरनेसनलसँग ५० हजार चन्दा मागेको थियो । फ्लोरिया स्कुलकी पि्रन्सिपल निशा भट्टका अनुसार बिहान साढे ९ बजेतिर १५ जना जति विद्यार्थीको समूहले कार्यालयमा प्रवेश गरी तोडफोड सुरु गरेका हुन् । प्रन्सिपलको कार्यालय कोठामा प्रवेश गरेको समूहले कम्प्युटर, टेलिफोन, ल्यापटप तथा फर्निचर तोडफोड गरेको छ भने अर्को समूहले समूहले विद्यालयको प्रांगणमा रहेको बा १ क ४६७९ बस र विद्यालयतिर आउँदै गरेको बा १ क ४६८१ नं ।को बस समेत तोडफोड गरेका हुन् । घटनापछि विद्यालयमा त्रासपूर्ण वातावरण उत्पन्न भएकाले दोषीलाई कारबाही गरी सुरक्षाको व्यवस्था गरिदिन विद्यालयले प्रहरीसमक्ष माग गरेको छ । यसैगरी भीमदत्त नगरपालिका-१६ वसन्तपुरस्थित प्रभात विद्या निकेतनमा पनि तोडफाड गरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment