Tuesday, September 18, 2012

पहिरोले घर भत्किंदा स्याङ्जामा एकै परिवारका ४ जनाको मृत्यु

असोज, स्याङजा । स्याङ्जाको कारिकोट चण्डीभञ्ज्याङ गाविसमा पहिरोले घर
पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । चण्डीभञ्ज्याङ ७ का
ओमप्रसाद सुबेदीको घर भत्किंदा घरमा सुतिरहेका ओमप्रसादकी श्रीमती २७
बर्षकी सरस्वती सुबेदी, छोरी ५ वर्षकी आकृति सुबेदी, २ वर्षकी अस्मिता
सुबेदी र २० दिनका छोरा गोबिन्द सुबेदीको घटनास्थलमा नै ज्यान गएको हो ।
ओमप्रसाद भने भागेर ज्यान जोगाउन सफल भएका छन् । अविरल बर्षाकारण गएराति
करिब पौने १२ बजे आएको पहिरोले सुबेदीको टिनले छाएको तीन तले कच्ची घर
भत्किंदा उनीहरुको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
उद्धारका लागि वडा प्रहरी कार्यालयका प्रहरी अधिकृत सहितको टोली घटनास्थल
गएको छ भने स्थानियबासीले विहाननै देखि उद्धार कार्य जारी राखेका छन् ।

No comments:

Post a Comment