Sunday, September 9, 2012

बस दुर्घट्नामा मर्नेको सङख्या १३ पुग्यो, ११ को सनाखत

२४ भदौ, गुल्मी । गुल्मीको हर्दीनेटामा भएको डाँक बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना भन्दा बढी घाईते भएका छन् । मृतक मध्ये अहिले सम्म ११ जनाको सनाखत भएको छ । मृतकमध्ये हुलाक कार्यालय गुल्मीमा कार्यरत अर्खले ७ गुल्मीका ३५ बर्षका टेमलाल पाण्डे, मालपोत कार्यालय गुल्मीमा कार्यरत अर्घाखाँची भगवती ५ का लाल कुमार श्रेष्ठ, गुल्मी तम्घास १ का ३३ बर्षका बिष्णु पन्थी, तम्घास ३ का २१ बर्षका निरज कुवंर, तम्घास ३ कै ३५ बर्षका थमकला कुवंर, पिपलधार ७ गुल्मीका लक्ष्मी खनालको सनाखत भएको छ । त्यसैगरी अर्घाखाँची मरेङ ५ का ५० बर्षका गण बहादुर क्षेत्री, अर्घाखाँचीकै वाङला ८ का चन्दा भुसाल, गुल्मी बिरबास ८ का ५८ बर्षका देब बहादुर सोमरे, दरबारदेविस्थान ३ का ९० बर्षका हरिकला अर्याल, दुविचौर ९ गुल्मीका ३२ बर्षका श्री थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक २ महिलाको सनाखत हुन बाँकी छ ।
तम्घासबाट बिहान ५ बजे काठकाण्डौकालागि छुटेको लु १ ख ५५ ८३ नंवरको डाँक बस बिहान करिब ६.४५ बजे हर्दिनेटा ६ मथुराडाडाँमा दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जनाको घटनास्थलमै र २ जनाको पाल्पामा उपचार गर्न लैजाँदै गर्दा मुत्यु भएको घट्नास्थलबाट जिल्ला प्रहरी कार्यालय गूल्मीका ईन्सपेक्टर जितेन्द्र बस्नेतले जानकारी दिए । घाईते मध्ये जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत चितवन घर भएकी सानु महत चौधरी, गाडिका कन्टेक्टर पाल्पाका धनिश्वर घिमिरेको नाम ठेगाना खुलेको छ । घाईते केहीको स्थानीय स्वास्थ्य संस्था र केहीको पाल्पामा उपचार भईरहेको छ ।
दुर्घटनामा गाडि मालीक तथा चालक पाल्पाका दिनेश खनाल भने सकुशल रहेका जनाईएको छ । घाईते र मृतकको नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिले उद्धार कार्य जारी राखेका छन् । शवलाई सदरमुकाम तम्घास ल्याउने तयारी भईरहेको छ । बस सड्कबाट २ सय५० मिटर तल खसेको छ । तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ । तम्घास बस काउन्टरबाट २४ यात्रु लिएर हिडेँको गाडिमा झण्डै ४० जना यात्रु हुन सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment