Friday, June 1, 2012

दक्षिण कोरियामा काम गर्न गएका एक नेपालीको मृत्यु

खेम कार्की, दक्षिण कोरिया, जेठ १९- इपिएसमार्फत् दक्षिण कोरिया आएका ललितप्रसाद फोम्बोको मृत्युभएको छ। फोम्बो फेन्थेक सहरको जिन्विम्यन उन्सानमी छिउ सानअफ कम्पनीमा कार्यरत् थिए। तेह्रथुम घर भएका २४ वर्षीय फोम्बोलाई श्वास/प्रश्वासमा समस्या आएपछि साथीहरुले अस्पताल पुर्‍याएका थिए।
महामहिम राजदूत कमानसिंह लामा र उपनियोग प्रमुख राजाराम बर्तौलाले घटनाबारे जानकारी लिएका छन्।घटनाबारे अस्पतालको रिपोर्ट आएपछि थप कुरा खुल्ने बर्तौलाले बताए।
उनको अस्पाताल लैजाँदै गर्दा बिहीबार बिहान करिब ६ बजे मृत्यु भएको बताइएको छ। पछिल्लो समय दक्षिण कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढेको छ। इपिएस प्रक्रिया लागु भएबाट १३ हजारको हाराहारीमा नेपाली आइपुगेका छन्।

No comments:

Post a Comment