काठमाडौं, असार ५ (नागरिक)- एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले १२ बुँदे सम्झौताको विरोध गर्ने राजसंस्था र भारतीय गुप्तचर संस्था 'र'सहित देशभित्र र बाहिरका शक्तिहरुले पार्टी फुटाएको दाबी गरेका छन्। उनले वैद्य पक्ष र रबीच गतिलो सम्बन्ध रहेको पनि उल्लेख गरे।
रिपोर्टर्स क्लब नेपालले मङ्गलबार आयोजना गरेकोसाक्षात्कारमा उनले वैद्य समूहले १२ बुँदे सम्झौतालाई नै गलत भनेकाले राजसंस्थासहितका शक्तिहरुसँगको साँठगाँठ पुष्टि भएको पनि बताए। उनले भने- र पार्टी एकताभन्दा पार्टी फुटाउनै लाग्ने गरेको विगतको इतिहास छ। वैद्यजीको समूहसँग रको सम्बन्धका कारणले पनि त्यस्तो कुरा पुष्टि हुन्छ।
१२ बुँदे सम्झौता गलतभन्दा राजतन्त्रविरुद्धको आन्दोलन र गणतन्त्र नै ठीक थिएन भन्न चुनौती दिँदै गजुरेलले १२ बुँदे सम्झौता र त्यसका हस्ताक्षरकारी दलबीचको सहकार्य अझै पनि आवश्यक रहेको तर्क गरे। उनले भने– १२ बुँदे सम्झौता हुँदा भारतसँग सहकार्य भएकै हो। अन्तर्राष्ट्रिय समर्थनविना कुनै पनि परिवर्तनसंस्थागत गर्न सकिँदैन। लक्ष्य प्राप्त गर्न सबैसँग सम्बन्ध राख्नुपर्छ। त्यसैले भारत, चीन, अमेरिकासहितका सबै मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ।
उनले शान्ति र संविधानको कोर्स नै बाँकी रहेकोले भारतसँगको सहकार्य जारी नै रहेको स्वीकार्दै यो कोर्स नसकिँदासम्म भारत परस्तताको आरोपमा कुनै तुक नहुने दावी गरे।
उनले शान्ति र संविधान निर्माण कार्य अझै बाँकी रहेकोले १२ बुँदे सम्झौत गर्ने पक्षहरुसँगको सहकार्य अझै आवश्यक रहेको भन्दै दलबीच सहमति नहुन्जेलसम्म संविधान सभाको निर्वाचनसमेत हुन नसक्ने बताए। उनले भने– यथास्थितिमा चुनाव हुन सक्दैन। दलबीच अहिले आक्रोश छ, एक अर्काप्रति। त्यो शान्त भएपछि फेरि सहमति बन्छ र मुलुक अघि बढ्छ।
No comments:
Post a Comment