Monday, June 25, 2012

७ अर्बको मोबाइल किन्न टेलिकम र हुवावे सम्झौता

काठमाडौं, असार ११ (नागरिक) - नेपाल टेलिकमले झण्डैसात अर्ब रुपैयाँको मोबाइल चीनको हुवावेसँग किन्ने सम्झौता गरेको छ। टेलिकमले हुवावेसँग ६ अर्ब ७४ करोड रुपैयाँमा ४८ लाख मोबाइल किन्न सोमबार सम्झौता गरेको छ। टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका कमर्सियल मेनेजर लियन छि छाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यी उपकरण हुवावेले दुई वर्षभित्र टेलिकमलाई आपूर्ति गरिसक्नुपर्नेछ। हुवावेको उपकरण काठमाडौं, पोखरा र भैरहवामा जडान गरिनेछ। जडान सकिएको पाँच वर्षसम्म हुवावेले निशुल्क मर्मत सम्भार गरिदिनुपर्ने शर्त छ।
टेलिकमले किन्न लागेको एक करोड लाइनमध्य हुवावेको भागमा परेको ४८ लाख लाइनको सम्झौता भएको टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले बताए। हुवावेले आपूर्ति गर्ने ४८ लाख लाइनमध्य आधा दोस्रो पुस्ता (टुजी), ४५ प्रतिशत थ्रीजी र बाँकी एलटीई छ।
'जेडटीईसँग पनि अब छलफल भएर चाँडै सम्झौता हुन्छ,' सिंहले भने। जेडटीईको भागमा ५२ लाख लाइन परेको छ। टेण्डर खोलिएको नौ महिनापछि टेलिकमले मूल्यांकनगरेर सम्झौता गरेको हो। गत वर्षको असोजमा टेलिकमले एकै पटक एक करोड लाइन मोबाइल किन्न टेण्डर आव्हान गरेको थियो। यो टेण्डरमा सबैभन्दा कम मूल्य चीनको हुवावेले प्रस्ताव गरेको थियो।
हुवावेले प्रस्ताव गरेकै मूल्यमा दोस्रो सस्तो दिन प्रस्ताव गर्ने जेडटीईले ५२ लाख मोबाइल दिने इच्छा गरेपछि एउटैको एकाधिकार नहुनेगरि दुई कम्पनीसँग किन्ने प्रकृया टेलिकमले अघि बढाएको हो।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment