आफ्नो मागलाई आज हुने संविधान सभा बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री बाबुराम भट्टराईले उपेक्षा गरे पार्टीका उपाध्यक्ष मोहन वैद्य पक्षधरले पार्टीफुटको घोषणा गर्ने तयारी गरेको छ। जातीय मुद्दा लगायतका विषयमा संस्थापन पक्षले आफ्ना कुरालाई सम्वोधन गरे भने केही दिनका लागि फुट रोकिने वैद्य पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए।
नयाँ दल दर्ताका लागि वैद्य पक्षका संविधान सभामा प्रतिनिधित्व गर्ने ४० प्रतिशत माओवादी सभासदले हस्ताक्षर गरिसकेको स्रोतले बतायो। माओवादीका ९६ सभासद् वैद्य पक्षका छन्।
'पार्टी अहिले एकजस्तो भएपनि धेरै समय यता सैद्धान्तिकरुपमा फुटिसकेको छ। यो लामो समयसम्मएक रहन सक्दैन। भौतिकरुपमै पार्टी फुट्ने नफुट्ने कुरा ढिलोमा १४ गतेसम्ममा निर्क्यौल हुन्छ,' ती नेताले भने।
पार्टी फुटको विषयमा लिएर अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा प्रधान मन्त्री र अन्य नेताहरुबीच वैठक जारी छ।
No comments:
Post a Comment