Thursday, May 24, 2012

राजतन्त्रको माग गर्दै वीरगन्जमा प्रर्दशन

वीरगन्ज, जेठ ११ । सकृय राजतन्त्रको माग गर्दै बिहीबार दिउँसो वीरगन्जमा राजावादीहरुले प्रर्दशन गरेका छन् ।
उनीहरुले नयाँ संबिधानमा राजालाई अभिभावकको रुपमा राख्नुपर्ने माग गर्दै वीरगन्जमा प्रर्दशन गरेका हुन् । नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल शाहको नेतृत्व रहेको टोलीले वीरगन्जको घण्टाघरबाट बिरोध जुलुस समेत निकालेको छ ।
घण्टाघरबाट निस्किएको सो जुलुसले वीरगन्ज नगर परिक्रममा गरेको थियो । नगर परिक्रममा पछि आयोजित कोण सभालाई शाह लगायतका ब्यक्तिहरुले संबोधन गर्दै नयाँ संबिधानमा राजालाई अभिभावककोरुपमा राख्नुपर्ने र नेपाललाई पुन हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरेका छन् । यसअघि पनि उनीहरले वीरगन्जमा राजतन्त्रको माग गर्दै पटक–पटक प्रर्दशन गर्दै आइरहेका छन् ।

No comments:

Post a Comment