Friday, May 11, 2012

सुदूर पश्‍चिम बन्दको १५ ‍औं दिन, दोहोरो शक्ति प्रदर्शनको तयारी

राज्य पुनर्संरचनाको विषयलाई लिएर लगातार बन्द भएको १५ औं दिन सुदूर पश्‍चिममा अखण्ड सुदूर पश्‍चिम पक्षधर र थारु समुदायबीच शक्ति प्रदर्शनको होड चलेको छ। अखण्ड सुदूर पश्‍चिमको माग गर्दै आएका २० हजारभन्दा बढी स्थानीयले आज बिहानदेखि प्रदर्शन गरेको नागरिकन्युज कर्मी दिलबहादुर छत्याल ले जनाएका छन्।
प्रत्युत्तरमा कैलाली र कञ्चनपुरका थारुहरुले गाउँ गाउँबाट ट्याक्टरमा थारु समुदायका मानिसहरुलाई धनगढी बजारमा ओसारिरहेका छन्। दुबैपक्षबाट शक्ति प्रदर्शनको होड भएपछि यहाँ सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको छ।

No comments:

Post a Comment