Tuesday, May 1, 2012

मलेसियामा न्युनतम परिश्रमिक २४ हजार भन्दा बढि

मलेसियाले यहाँ कार्यरत कामदारका लागि राष्ट्रिय न्युनतम पारिश्रमिकको घोषणा गरेको छ । मलेसियाले आफ्नो श्रम कानूनको इतिहासमै पहिलोपटक यस्तो न्युनतम पारिश्रमिक घोषणा गरेकोहो ।
घोषणा गरिएअनसार कामदारका लागि मासिक न्युनतम पारिश्रमिक नौसय रिंगिट (३ सय अमेरिकी डलर, नेपाली रुपैयाँ २४ हजारभन्दा बढि) तोकीएको छ । मलेसियाले उसका दुई राज्य ( साबाह, र सारावक) का लागि ८ सय रिंगिट न्युनतम पारिश्रमिक तोकेको छ । त्यहाँ नेपाली कामदार छैनन् ।
अब कामदारले प्रतिघण्टा ४.३३ रिंगिट र दैनिक ८ घण्टाका दरले सो पारिश्रमिक पाउनेछन् । मलेसियाली सरकारको यो निर्णयको स्थानीय विभिन्नमजदुर यूनियन एवं अधिकारकर्मीहरुले स्वागत गरेका छन् ।
सोमबार साँझ पुत्राजयास्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको एक विशेष कार्यक्रममा प्रधानमन्त्री दातुक श्री नाजिब राजाकले सो घोषणा गरेका हुन् । सो घोषणाको स्थानीय केही टेलिभिजनहरुले प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।
घोषित नयाँ नीतिबाट निजी क्षेत्रमा कार्यरत करिब ३२ लाख कामदार लाभान्वित हुने बताइएको छ । यद्यपी क्लिनिक, गार्डेन र घरेलु सेवा क्षेत्रमा काम गर्ने कामदारका लागि भने यो नीति लागू नहुने बताइएको छ ।
कामदारका लागि मलेसियाले राष्ट्रिय न्युनतम मासिक पारिश्रमिक घोषणा गरेको यो पहिलोपटक हो । यसअघि यहाँका विभिन्न श्रमिकसम्बद्ध संघसंस्था एवं ट्रेड युनियन र अधिकारकर्मीहरुले सरकारलाई न्युनतम पारिश्रमिक घोषणा गर्न दबाब दिँदै आएका थिए । न्युनतम पारिश्रमिकसम्बन्धी नयाँ नीति निर्माणका लागि गत जुलाईमै छलफलका लागि संसदमा पेश गरिएको थियो । त्यसका लागि सरकारले कामदारसम्बद्ध विभिन्न संघसंगठन, मजदूर अधिकारकर्मी एवं मन्त्रालयका अधिकारीसहितको एउटा समिती बनाएको थियो ।
दबाबपछि यहाँको संसदले गतबर्ष अक्टोबरभित्रै नयाँ पारिश्रमिक घोषणा गर्ने भनिएको थियो । यद्यपी सरकारले मंगलबार परेको विश्व श्रमिक दिवसको पुर्वसन्ध्यामा सोमबार साँझ यस्तो घोषणागरेको हो ।
यस नीतिबाट स्वदेशी र विदेशी कामदार दुबै लाभान्वित हुनेछन् । मलेसियाली सरकारले यो नीति घोषणा भएको ६ महिनाभित्र लागु गर्न रोजगारदाताहरुलाई समय दिएको छ । तर पाँच जनाभन्दा कम कामदार रहेका रोजगारदातालाई भने सरकारले १ बर्षभित्रमा लागू गर्न भनेको छ । मलेसियाली सरकारले करिब दुईबर्ष अघिदेखि कामदारसँग लिने लेभीसमेत रोजगारदातासँग लिँदै आएको छ ।
नेपालीका लागि पहिलो रोजगार गन्तव्य बन्दै आएको मलेसियामा यो नीति लागु भएपछि नेपाली कामदारका लागि ठुलै राहत पुग्ने विश्वास गरिएको छ । श्रम मन्त्रालयले मलेसिया आउने नेपाली कामदारका लागिमासिक न्युनतम तलब ५ सय ४६ रिंगेट तोकेको छ । नेपालले तोकेको उक्त पारिश्रमिक हाल मलेसियाले तोकेको पारिश्रमिकको करिब ६० प्रतिशतमात्र हो ।
'न्युनतम पारिश्रमिक कम र ओभरटाइम पनि नमिल्ने भएकाले मासिक १० हजार रुपैंया कमाउन गाह्रो हुन्थ्यो' एक रोजगार व्यवसायीले भने, 'अब हाम्रा नेपाली कामदारको लागि पनि राम्रो भयो । यो खुशीकोखबर हो ।'
मलेसिया आउने अधिकांश नेपालीहरु दलालहरुले गरि पठाउने दाहोरो सम्झौतापत्रका कारण बिचल्लीमा पर्ने गरेका छन् । जानकारहरुका अनुसार मलेसियाले न्यनतम पारिश्रमिक तोकिदिएपछि अब दोहोरो सम्झौतापत्रबाट कामदार ठगिने क्रम न्यूनहुनेछ । हाल यहाँ करिब तीन लाख नेपाली कार्यरत छन् तीमध्ये बहुसंख्यक निर्माण, कृषि र सेवा आदि क्षेत्रमा कार्यरत छन् ।Lїfё ї$ lїкє a Ьоaт їй тнё Ьоттlё Tяу то $aїl, Уоц caи'т шїтн йо aїґ Daу ву daу їт оиlу gєт$ нaґdёґ Tяу то $cяёaм Ьцт иовоdу caяё$ Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$ Hёaґ тнё vоїcё$ plaу fadё a dґцм Шнєи уоцґ lїfє'$ a Ьоaт їй a Ьоттlє Уоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment