Sunday, May 6, 2012

काम नभएको भन्दै प्रधान मन्त्री भट्टराईले हकारे कास्कीका प्रजिअलाई

वैशाख २४- प्रधान मन्त्री बाबुराम भट्टराईले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्दार कार्यमा निर्देशनअनुसार काम नभएको भन्दै कास्कीका प्रजिअ चेतनाथ भट्टराइलाई झपारेका छन्। उनले राहत कार्य प्रभावकारी ढङ्गबाट अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन पनि दिएका छन्।
आइतबार हेलिकोप्टरबाट प्रभावित क्षेत्रको भ्रमणपछि फर्केका प्रधान मन्त्रीले उद्दार कार्यमा परी मृत्यु भएकाका परिवारलाई तत्काल १ लाख रुपियाँ राहतस्वरुप प्रदान गर्ने बताएका छन्। त्यस्तै मृतकको कृयाखर्चका लागि जनही २५ हजार रुपियाँ दिने घोषणा पनि उनले गरेका छन्।
आइतबार बिहान हेलिकोप्टरबाट घटनास्थल पुगेका प्रमले घरवारविहीनलाई २५ हजार रुपियाँ दिने घोषणा गर्नुका साथै घाइतेहरूको निशुल्क उपचारकोगर्ने विश्वास दिलाएका छन्।
शनिबार बिहान अन्नपूर्ण हिम शृङ्खलामा गएको पहिरोका कारण सेती नदीमा आएको बाढीले सर्दीखोलाको खारापानी तथा माछापुच्छ्रेको सादलमा ठूलो धनजन क्षति भएको थियो। उक्त घटनामा अहिलेसम्म १३ जनाको मृत्यु हुनुका साथै तीन विदेशीसहित ३६ जना हराइरहेका छन्। जसमध्ये ३१ बेपत्ताको नाम सार्वजनिक गरिएको छ।
पत्‍नी हिसिया यमी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारसहित घटनास्थल खारापानी पुगेका भट्टराईले उक्त प्राकृतिक विपदाबाट भएको धनजनकोक्षतिबारे जानकारी लिएका थिए।
आधा घण्टासम्म आकासबाट निरीक्षण गरेका प्रम हेलिकोप्टरबाट ओर्लेर घटनास्थलमा पैदल घुमेर जानकारी लिएका थिए। उनले हेलिकोप्टरबाट पहिरो गएको अन्नपूर्ण हिमशृङ्खलाको निरीक्षण पनि गरेका थिए।
घटनास्थलबाट फर्केर आएपछि प्रमले पीडित परिवारलाई सम्बोधन गर्नुका साथै राहत र उद्दारमा कमी नहुने आश्वासन दिएका थिए।
प्रमले १८/२० एक्साभेटर ल्याएर पुरिएकालाई तुरुन्त निकाल्न निर्देशन दिएका थिए। बाढीले खानेपानीको पाइप बगाएपछि शनिबारदेखि उक्त क्षेत्रमा खानेपानी वितरण अवरुद्ध हुन पुगेको छ।

No comments:

Post a Comment