Friday, May 4, 2012

राष्ट्रपतिले भने- राजनीतिक संस्कार अभावले देश बिग्रियो

वैशाख २२- राष्ट्रपति रामवरण यादवले देशको अहिलेको दुर्दशाको जिम्मेवार राजनीतिक संस्कारको अभाव नै भएको बताएका छन्। हरेक मर्जको एक इलाज भनेजस्तै सबै समस्या समाधान नहुनुको कारण राजनीति नै ठीक नहुनु हो- उनले भने।
सिरहाको कर्जन्हामा फूलकुमारी महतो मेमोरियल अस्पतालको शुक्रबार उद्‍घाटन गर्दै राष्ट्रपति यादवले जलस्रोतको धनी देश, बुद्ध जन्मिएको देश, पशुपति र जानकीको देश, गार्खालीको वीरता धनी देशका नागरिक गरिव किन ? प्रश्न गरे। उनले भने- सबैको पछाडि राजनितिक कारण छ। नेपालको राजनीतिले कहिल्यै स्थायित्व पाउन सकेन, जसका कारण नेपाल समृद्ध हुन सकेन- उनले बताए।
कहिल्यै राज्य सञ्चालनको विधि ठीक पाइन भन्दै उनले लोकतान्त्रिक विधिअनुसार राजनीति अघि बढ्नसके यो सुन्दर देश समृद्ध हुन बेर नलाग्ने उनको भनाई थियो। १ अरव २५ करोड भारतीय लोकतन्त्रको मार्गमा अघि बढिरहेको र चीन पनि आफ्नै हिसावले अघि बढ्दै समृद्ध भए तर, बीचमा रहेको नेपाल सधैं राजनीतिक उतारचढाव र झगडामै समय खर्चेकाले उभो लाग्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गर

No comments:

Post a Comment