Friday, May 4, 2012

नियमित आपूर्ति माग गर्दै विद्युत् कार्यालय घेराउ

- विद्युत् आपूर्ति अनियमित हुन थालेपछि स्थानीयले शुक्रबार नेपाल विद्युत् प्राधिकरणको जिल्ला शाखा घेराउ गरेका छन्। उनीहरुले कार्यालय घेराउअघि मङ्गलगढी चोकमा २० मिनेट सडक बन्द गरेका थिए।
लोडसेडिङको समय कटौती र आपूर्ति नियमित नगरे कडा आन्दोलन गर्ने व्यापारीले चेतावनी दिए।
कार्यालय घेराउमा गएका व्यापारी पूर्णप्रसाद अधिकारीले विद्युत् आपूर्ति नियमित नहुँदा लाखौँको कारोबार चौपट भएको गुनासो गरे। 'लोडसेडिङमा एउटा तालिका हुन्छ, बत्ति कति बेला जाने हो ठेगान हुँदैन,' कम्प्युटर व्यवसाय सञ्चालक अधिकारीले भने- अति भएपछि हामीसँग विरोधमा उत्रनुको विकल्प छैन। उनले लामो लोडसेडिङ र अनियमित आपूर्तिले कोठाभाडा उठाउनै गाह्रो भएको बताए।
व्यापारी टेकबहादुर खड्काले प्राधिकरणको लापरबाहीले सास्ती भोग्नुपरेको बताए। प्राधिकरणका कर्मचारीले हावाहुरी चल्नेबित्तिकै 'बत्ति गयो भन्दै भत्ता खाने गरेका' उनले आरोप लगाए। बिजुलीको भरमा व्यापार व्यवसाय गरेका हामीलाई प्राधिकरणले क्षतिपूर्ति दिनुपर्छ,' उनले भने- नभए नियमित विद्युत् सप्लाई गर्नुपर्छ। कोहलपुर–सुर्खेत १३२ केभिए प्रशारण लाइन विस्तार नभएको बहाना बनाएर जनतालाई अँध्यारोमा राखेको उनले बताए।

No comments:

Post a Comment