Tuesday, May 8, 2012

आगलागीबाट तीन बस ध्वस्त

उदयपुर, वैशाख २६- जिल्लाको कटारी ३ स्थित बसपार्कमा पार्किङ गरेर राखिएका तीनवटा यात्रुवाहक बसमा सोमबार राति आगलागी भएको छ। आगलागीबाट ना २ ख ६५८४ को बस टायरबाहेक सबै जलेर नष्ट भएको छ।
त्यस्तै ना २ ख ७२३२ नम्बर ना ४ ख ५८२२ नम्बरको बसमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
बसको हुटमाथि सुतेका सहचालक चमेली परियार राति साढे ११ बजे एक्कासी आगोको तापले पोलेपछि ब्युझँदा आगोले बसको भित्री भाग सबै जल्न लागेको बताए। उठेर हल्ला गर्दै मान्छे बोलाएर इलाका प्रहरी कार्यालय कटारीमा खबर गर्दासम्म छेउमै रहेका अन्य दुई गाडीमा पनि आगो सल्किसकेको उनले बताए।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएकाले थप क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। एक्कासी आगलागी भएको थाहा पाएपछि स्थानीयसँग मिलेर आगो निभाएको प्रहरी निरीक्षक ज्ञानेन्द्रफुयालले बताए।
उनका अनुसार निभाउदै नजिक रहेका अन्य सवारी साधनलाई आगोभन्दा टाढा सारेकाले अन्य गाडीमा आगो संक्रमण हुन नपाएको प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयालले बताए। सो ठाउँमा दर्जन बढी बसहरु पार्किङमा राखिएका भएपनि समयमै आगो नियन्त्रणमा आएकाले अन्य गाडीमा क्षेती हुन नपाएको प्रहरीले बताएको छ।
आगो कसरी लाग्यो भन्ने बारे केही खुलेको छैन

No comments:

Post a Comment