Thursday, May 3, 2012

पशुपतिमा फूल, बेलपत्र चढाउन र टीका थाप्न रिट

काठमाडौं, वैशाख २१ - पशुपतिनाथमा परम्पराअनुसारदर्शनार्थीलाई फूल, बेलपत्र चढाउन र टीका थाप्न दिनु/दिलाउनु भनी पशुपति क्षेत्र विकास कोषको नाममा परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता राजीव सिन्हा ......राजुले बुधबार दायर गरेको उक्त रिटमा पशुपतिनाथको मूर्तिमा भट्ट, भण्डारीको हातबाट टीका थाप्न रोक लगाएको, भण्डारीको माध्यमले वा आफैं फूल, बेलपत्र चढाउन रटीका थाप्न चाहनेहरूले कमसेकम एक हजार एक सय रुपैयाँ एक दिन अगाडि तिरी त्यसको रसिद लिई आउनुपर्ने व्यवस्था गरेको उल्लेख छ ।
कोषले गत चैत ८ गते जारी गरेको मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ मा कहीं कतै पनि फूल, बेलपत्र चढाउन तथा टीका थाप्न नपाउने भनी कुनै रोक नलगाएको जिकिर रिटमा
गरिएको छ । नियमावलीको नियम ८० मा दर्शनार्थीले पालना गर्नुपर्ने आचरणसम्बन्धी गरिएको व्यवस्थाअन्तर्गत पनि त्यस्तो बन्देज नगरिएको जिकिर गरिएको छ ।
अन्तरिम आदेशसमेत जारी गर्न माग गरिएको उक्त रिटमा पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्लाई विपक्षी बनाइएको छ ।

No comments:

Post a Comment