Tuesday, April 24, 2012

चाउचाउले बेहोस दुई युवतीलाई हेलिकोप्टरबाट राजधानी लगियो

चार दिनअघि चाउचाउ खाँदा बेहोस भएका खोटाङका दुई युवतीलाई थप उपचारका लागि मंगलबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। गत शुक्रबार चाउचाउ खाएपछि एकाएक बेहोस भएका दिक्तेल ४ की दिलमाया आचार्य र अर्की जानुका आचार्यको अवस्था विग्रेको थियो।
स्वास्थ्यमा सुधार नभएपछि राजधानी रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ।
प्रतिगोटा १५ रुपैयाका दरले किनेर खाएको चाउचाउले १६ वर्षीया दिलमाया र सोही जानुका बेहास् भएपछि भोलिपल्टदेखि दिक्तेलमा उपचार गराईरहेका थिए। तर, निको हुन्छ भन्दाभन्दै झन् झन् विरामी बढ्दै गएपछि थप उपचारका लागि काठमाडौ लानुपरेको दिलमायाका बाबु अग्निप्रसादले बताए।

No comments:

Post a Comment