Tuesday, April 24, 2012

'संकटकाल लगाएर संविधान ल्याउने षड्यन्त्र'

पूर्व श्रम तथा यातायात मन्त्री सरिता गिरीले संकटकाल लगाएर संविधान ल्याउने षड्यन्त्र भइरहेको बताएकी छिन् । गिरीले माओवादी, कांग्रेस र एमाले संविधानसभाबाट आफ्नो स्वार्थनिहीत संविधान ल्याउनका लागि संकटकाल लगाउने षड्यन्त्र गरिरहेको बताएकी छिन् ।
मंगलबार राजधानीको मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री गिरीले आउन लागेको संविधानमा मधेशी, जनजाति, आदिवासी, मुस्लिम, थारु, महिला आदिको अधिकार सुनिश्चित नहुने बताएकी छिन् ।
गिरीले सोमबार मात्रै चार दलले विभेदकारी नागरिकता नीतिमा सहमति जनाएको भन्दै महिलामैत्री संविधान बन्नेमा आफू विश्वस्त नरहेको बताएकी छिन् ।
पत्रकार सम्मेलनमा गिरीले माओवादीले नै संविधानसभाबाट माओवादीकै एजेन्डा विपरीत संविधान जारी गर्ने खेलमा लागेको आरोप लगाइन् ।
नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेकी गिरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि मधेशप्रति इमान्दार नरहेको र सत्ताका लागि मात्रै फेरि रंग बदलिन लागेको आरोप लगाएकी छिन् ।
पत्रकार सम्मेलन गिरीले आफ्नो पार्टीको दस्तावेजहरु पनि सार्वजनिक गरिन् । गिरीले मधेशवाद र लोकतन्त्रको दृष्टिकोणले हाल जारी संविधान लेखन प्रक्रिया, शान्ति प्रक्रिया र वर्तमान सरकार तथा पार्टीको अवस्थाबारे समेत विश्लेषण गरेकी थिइन् ।

No comments:

Post a Comment