Monday, April 30, 2012

अहिलेको सरकारबाट नयाँ संविधान जारी हुनु असम्भव

एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले १२ प्रदेशका बारेमा पार्टीमा कुनै निर्णय नभएको बताएकी छिन्। बाह्र प्रदेश पार्टीको हैन, केही अल्पमतका सदस्यहरुको हो, उनले भनिन्- प्रदेशका बारेमा पार्टीको आधिकारिक निर्णय हुनै बाँकी छ।
अल्पमतका सदस्यहरुले गरेको निर्णय आधिकरिक नहुनेसमेत उनले दाबी गरिन। पार्टीभित्र ३ देखि १३ प्रदेशका बारेमा बहस चले पनि आधिकारिक निर्णय भइनसकेको उनले बताइन्। सोमबार भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले गरेको पत्रकार घेटघाटमा उनले एमाले पाँचदेखि सात प्रदेशमा रहेर निर्णय प्रस्तुत गर्ने तयारीमा रहेको बताइन्।
जातीय सङ्घीयताले मुलुकमा द्वन्द्व बढाउने भन्दै उनले नेपाली इतिहास र संस्कृतिका आधारमा प्रदेशको नामाङ्कन, सीमाङ्कन हुनुपर्ने बताइन्।नयाँ नेपालमा २ सय ४० सिटको राष्ट्रिय सभा र मिश्रित निर्वाचन प्रणालीमा एमालेले मत प्रस्तुत गर्नसक्ने सम्भावना रहेको जानकारी उनले दिइन्।
अहिलेको सरकारबाट नयाँ संविधान जारी हुनु असम्भव भएको बताउँदै उनले समय थपेरै भए पनि राष्ट्रिय सरकारले नै संविधान जारी गर्नुपर्ने उल्लेख गरिन्।
शान्ति प्रक्रिया र सेना समायोजनका विषयमा अब विवाद नरहेको भन्दै उनले सानो सङ्ख्याका लडाकु नेपाली सेनाको हालको संरचनामै गाभ्न सकिने बताइन्।
पूर्व रक्षा मन्त्रीसमेत रहेकी भण्डारीले थोरै लडाकु भएकाले छुट्टै निर्देशनालय आवश्यक नरहेकोपनि बताइन्।अहिलेको सरकारबाट नयाँ संविधान जारी हुनु असम्भव : उपाध्यक्ष विद्या भण्डारी

.....Life is all about choices.....only there is no guarantee. have a nice day....

No comments:

Post a Comment