Monday, April 23, 2012

बन्धक बनाइएका ६ महिलाको उद्धार

काठमाडौ, वैशाख ११ - विदेश पठाइ दिने प्रलोभनमा राजधानीको भत्केको पुल नजिकको एक घरमा एक सातादेखि बन्धक बनाइएका ६ जना महिलालाई प्रहरीले शनिबार उद्धार गरेको छ । राहदानी समेत नभएका १७ देखि ४२ वर्ष उमेरका उनीहरूलाई अरब मुलुक पठाउने भन्दै एउटै कोठामा राखेको भेटिएको प्रहरीले जनाएको छ ।
कृष्ण लामाको घरमा डेरा गरी बस्ने पाँचथर फिदिम-३की ५० वर्षे रेशा कुमारी लिम्बु र झापा विर्तामोड३ घर भएकी २६ बषिर्या छोरी गंगा लिम्बुले उनीहरुलाई बन्धक बनाएको महानगरीय प्रहरी प्रभागकमलपोखरीका प्रहरी निरिक्षक किरणजंग कुँवरले बताए ।
प्रहरीले मोरङ गछिया ९ की १७ वर्षीया इन्दिरा दमाई, उर्लाबारी घर भएकी १८ वर्षीया उर्मीला दर्जी, झापा तोपगाछी-३ की ४२ वर्षीया दुर्गा न्यौपाने, झापा धौलठिपा ३ की ३४ वर्षीया मन कुमारी लिम्बु, दमक १३ की ३४ वर्षीया गीता थापा उद्धार गरेको हो ।
यस्तै दमकै २४ वर्षीया चण्डिका सेढाई (दर्जी) र उनको चार वर्षीया छोरा आयुष दर्जीलाई पनि प्रहरी उद्धार गरेको हो । उनीहरू सबैलाई एउटै कोठामा थुनेर राखेको अवस्थामा उद्धार गरेको प्रहरीले जनाएको छ ।
बन्धक बनाउने लिम्बु आमा छोरी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ ।

No comments:

Post a Comment