Friday, October 25, 2013

भिआइपीको विदेश भ्रमणमा तीन महिनामा तीन करोड खर्च

८ कात्तिक, काठमाण्डौं । चालू आर्थिक वर्ष ०७०/७१ को तीन महिनामा विशिष्ट
व्यक्ति -भिआइपी)को विदेश भ्रमणमा राज्यको ढुकुटीबाट तीन करोडभन्दा बढी
रकम खर्च भएको छ । अर्थ मन्त्रालयको विवरणअनुसार मन्त्रिपरिषद् अध्यक्ष
रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदा सबैभन्दा
बढी खर्च भएको छ ।
उपराष्ट्रपति परमानन्द झाको चीन, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
रेग्मीको अमेरिका भ्रमणदेखि भारतीय विदेशमन्त्री सलमान खुर्सिदको नेपाल
भ्रमणमा राज्यकोषबाट तीन करोड १३ लाख ६४ हजार रुपैयाँ खर्च भएको हो ।
उपराष्ट्रपति झा, अध्यक्ष रेग्मी, भारतीय विदेशमन्त्रीलगायतको भ्रमणमा
लागेको खर्चवापत अर्थ मन्त्रालयले असोजसम्ममा १ करोड ८३ लाख ८३ हजार ४ सय
४३ रुपैयाँ निकासा गरेको थियो ।
१५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क गएका
अध्यक्ष रेग्मीको भ्रमणमा राज्यकोषबाट एक करोड ७० लाख २९ हजार चारसय ८२
रुपैयाँ खर्च भएको छ । सो रकम अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई
निकासा गरेको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment