७ कात्तिक, काठमाण्डौं । सरकारले वैदेशिक रोजगारको फ्रि भिसामा कामदारसँग
आवश्यक रकम लिन नदिन श्रम स्वीकृतिमा थप कडाइ गरेको छ । अव मेनपावर
कम्पनीले रोजगारदाता मुलुक रहेका नेपाली दूतावाससँग डिमान्ड अफ लेटर
ल्याउनुपर्ने प्रावधान राखेको छ ।
मलेसिया र संयुक्त अरब इमिरेट्सका आकर्षक आम्दानी हुने फ्रि भिसामा
नेपाली व्यवासायीले कामदारसँग बढी रकम लिने गरेको नयाँ पत्रिकामा खबर छ ।
यसैगरी साउदी अरेबिया र कुबेतमा पनि यस्तो प्रवृत्ति देखिन थालेपछि श्रम
स्वीकृतिका लागि पहिलो चरणको प्रथम स्वीकृतिमा नै कडाइ गरिनेछ । फ्रि
भिसामा हवाई टिकटको रकम लाग्ने भए सो लिनका लागि स्पष्ट कागजात पेस
गरेपछि मात्र मेनपावर कम्पनीले प्रथम स्वीकृति पाउनेछ ।
वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले यसअघि अन्तिम स्वीकृतिमा
कडाई गर्दा समस्या आएपछि प्रथम स्वीकृति नै नदिने नीति लिएको बताएका छन्
।
No comments:
Post a Comment