दोहा । कतारमा एक नेपाली कामदारले १ लाख रियाल (करिव २७ लाख रुपैयाँ)को
चिठ्ठा जितेका छन् ।
स्थानीय भोडाफोन कम्पनीले 'वल्र्ड अफ प्राइज' शीर्षकमा आयोजना गरेको
लक्की ड्रमा नेपाली कामदार बलराम स्याङ्त्यानले १ लाख कतारी रियालको
पहिलो पुरस्कार जितेका हुन् ।
जुन ३० बाट सुरु भएको 'वल्र्ड अफ प्राइज' कार्यक्रममा सहभागी लाखौं
ग्राहकबाट लक्की ड्रमार्फत् कतारको दोहामा बुधबार बितेता घोषणा गरिएको
थियो । अन्य बिभिन्न देशका नागरिकले टोयोटा कार, मोबाइल, टेलिभिजन
लगायतका पुरस्कार हात पारे । भोडाफोन कतारको दोस्रो ठूलो टेलिफोन सेवा
प्रदायक कम्पनी हो ।
कतारमा ठूलो धनरासीको पुरस्कार नेपालीले जितको यो दोस्रोपटक हो । यसअघि
गत बैशाखमा कतारको दोहा बिमानस्थलको ड्युटी फ्री पसलमा चिठ्ठा किनेका
कास्कीका डिल्लीराम पराजुलीले १० लाख अमेरिकी डलर (करिव ८ करोड रुपैयाँ)
को चिठ्ठा जितेका थिए ।
No comments:
Post a Comment