Saturday, September 21, 2013

बैद्य माओवादीको नेपाल बन्द फिर्ता

५ असोज, काठमाडौं । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादी
नेतृत्वको ३३ दलीय मोर्चाले असोज ९ र १० गतेको नेपाल बन्द फिर्ता लिएको छ
। निार्वाचन आयोगले कार्यतालिका परिर्वतन शनिबार बसेको ३३ दलको बैठकले
उम्मेदवारी दर्तालाई लक्षित गरेर घोषणा गरेको बन्द फिर्ता लिएको हो ।
आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज १० लाई तोकेपछि ३३ दलले ९
र १० गते नेपाल बन्दको आहृवान गरेको थियो । तर, सरकारको आग्रहमा आयोगले
हालै मात्र कार्यतालिका संशोधन गर्दै १४ गते समानुपातिकको बन्दसूची पेश र
१७ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको समय तोकेको छ ।
माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकमा थप
आन्दोलनबारे छलफल भएपनि कुनै निर्णय भएको छैन । आन्दोलनका थप
कार्यक्रमहरु मोर्चाको ८ गते बस्ने बैठकले तय गर्ने बताइएको छ ।
सेना परिचालन शान्ति सम्झौता विपरित
३३ दलीय मोर्चाले निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयको
विरोध गरेको छ । 'राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली
सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा दुरुपयोग गर्न खोज्नु
भनेको वृहत शान्ति सम्झौताको गम्भीर उल्लङ्घन हो रयुद्धको घोषणा गरी
द्वन्द्व निम्त्याउनु पनि हो' बैठकपछि मोर्चाका तर्फबाट माओवादी सचिव देव
गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले भारतीय प्रहरी नेपालमा आएर नेपाली नागरिकको घरमा छापा मारेकोमा
आपत्ति जनाएको छ भने अमेरिकी वायुसेनाको विमान नेपाल आएकोबारे सरकारको
आधिकारिक धारणा मागेको छ । 'नेपालको भूमिमा अमेरिकी सेनाको विमान अवतरण
गरिनु र गोप्य सामानहरु झारिनु रहस्यमय बनेको छ । गैरफौजी कुटनीतिक
सामानहरु थिए भने सैन्य विमान किन प्रयोग गरियो ?' विज्ञप्तिमा भनिएको
छ-'रहस्यमय सामानहरु बारे सार्वजनिक रुपमा सुसूचित गराउन सरकारसँग गर्ने
निर्णय भएको छ ।'

No comments:

Post a Comment