Saturday, July 14, 2012

अष्ट्रेलियामा नेपालीको मृत्यु

ऋषि आचार्य, सिड्नी, असार ३०- पश्चिम अष्ट्रेलियाको पर्थमा भएको सडक दुर्घटनामा नेपाली विद्यार्थी राजेश खड्काको मृत्यु भएको छ। बिहीबार साँझ साथीको घरमा खाना खाएर फर्कर्दै गर्दा खड्काले चलाएको कार रुखमा ठोक्किएको थियो। दुर्घटनामा घाइते खड्कलाई स्थानीय जण्डोलोप अस्पताल भर्ना गरिएको थियो। अस्पतालकाचिकित्सकले उनलाई मृत घोषणा गरे।
पर्थवाट एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष भैरव ढकालले दिएको जानकारी अनुसार नेपालको बाग्लुङ बजरमा स्थायि घर भएका खड्का चार वर्षदेखि अष्ट्रेलियामा थिए। डिपेण्डेन्ट भिसामा दुई वर्ष मेलवर्नमा वसेर उनी पर्थ गएका खड्का याहँको ग्रमिण क्षेत्रको कृषि फार्ममा काम गर्थे।
मृतक खड्काको नेपालमा रहेको आफन्तलाई घटनावारे जानकारी गराइसकिएको वाग्लुङ अष्ट्रेलियन कम्युनिटिले जानकारी दिएको छ। मृतकको शव अहिले रोयल पर्थ अस्पतालमा राखिएको छ। शवलाई नेपाल पठाउने वा यहि दाहसंस्कार गर्नेवारेमा वाग्लुङ अष्ट्रेलियन कम्युनिटिले आफन्तसँग छलफल गरिरहेको छ।
घटनाको थप अनुसन्धानपछि मात्र शव मृतकका आफन्तलाई बुझाउने प्रहरीले बताएको छ। गएको वर्ष पर्थमा भएको सडक दुर्घटनामा अमर श्रेष्ठको मृत्यु भएको थियो।

No comments:

Post a Comment