Thursday, December 5, 2013

खाना पकाउने ग्यासका २० लाख सिलिन्डर दुर्घटनाको उच्च जोखिममा

मंसिर, काठमाडौं । खाना पकाउने ग्यासको प्रयोग वर्सेनि बढ्दै गए पनि पुनः
प्रयोग हुने सिलिन्डरको प्राविधिक र सुरक्षा कमजोरीले दुर्घटना जोखिम
बढेको छ । देशभर प्रयोगमा रहेका करिब ५० लाख सिलिन्डरमध्ये करिब २० लाख
सिलिन्डरमध्ये करिब २० लाख प्राविधिक जोखिममा रहेको नापतौल तथा गुणस्तर
विभागले जनाएको छ ।
एकपटक प्रयोग गरी पुनः भरिने सिलिन्डरमा लिकेजलगायत प्राविधिक विषयमा
कुनै पनि सरकारी मापदण्ड नरहेको कारोबार दैनिकमा खबर छ । भल्ब नमिलेका,
फुटरिङ तथा नेकरिङ गरिएका सिलिन्डर हाइड्रो टेस्ट जस्ता प्राविधिकर र
सुरक्षा परीक्षणबिनै बनजार पठाइन्छ ।
सामान्यतया एउटा सिलिन्डर सही तरिकाले 'ह्यान्डिल' भए ४० वर्षसम्म
निरन्तर प्रयोग गर्न सकिने विभाग बताउँछ । तर, पुनः बोटलिङ गरिने
सिलिन्डरका लागि सरकारले अहिलेसम्म मापदण्ड बनाउको छैन् । यद्यपी, नयाँ
सिलिन्डर भने भारतीय मापदण्ड अनुसार बजार पठाइदै आएको छ ।
विभागका प्रवक्ता विश्वबाबु पुडासैनी बोटलिङ प्लान्टले मापदण्ड पूरा
नगर्दा दुर्घटना हुने गरेको बताउँछन् ।

No comments:

Post a Comment