Wednesday, July 24, 2013

अमेरिका छिर्न खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ

९ साउन, काठमाण्डौ । अबैधरुपमा अमेरिका छिर्न खोज्ने १० जना नेपाली
मेक्सिको चियापास राज्यबाट पक्राउ परेका छन् ।
ट्रकमा लुकेर अमेरिका छिर्न खोजेका उनीहरुलाई मेक्सिको प्रहरीले सोमबार
राति पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
नेपालीसँगै ९ जना बंगलादेशीसहित ९४ जना अबैध आप्रवासीलाई पक्राउ गरिएकोमा
समाचारमा उल्लेख छ ।ती मध्ये १९ जना एसियाली मुलुकका र अन्य सवै
ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरस लगायतका मुलुकका रहेको बताइएको छ ।
अध्यागमनमाराखिएको स्कान मेसिनको सहयोगले उनीहरु ट्रकमा लुकेको फेला
परेको बताइएको छ ।
ट्रकभित्र लुकिरहेका नेपालीसहित अबैध आप्रवासीहरु मेक्सिकोको चियापास
प्रहरीको स्कान मेसिनमा यसरी देखिए । तस्वीर सौजन्यः महान्यायाधीवक्ताको
कार्यालय/चियापास
अधिकारीहरुले उनीहरु निकै अमानवीय अबस्थामा ट्रकमा लुकेर जान लागेको
अबस्थामा भेटिएको जनाएका छन् । ग्वाटेमालाबाट अमेरिकातिर लागेका
उनीहरुलाई लैजाने ट्रक ड्राभइरलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्रकमा अमानवीय र यातनापूर्ण तरिकाले बसेकाले धेरै जसोको हात र खुट्टामा
चोट लागेको र श्वासप्रश्वासमा समस्या भएका कारण कतिपय बिरामी अबस्थामा
भेटिएको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्यूटले जनाएको छ ।
नेपालीहरु भारतीय बाटो हुँदै दलाललाई बिसौं लाख रुपैयाँ बुझाएर अबैध
तरिकाले दक्षिणी अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्ने तयारीमा थिए ।
यसअघि पनि अमेरिकामा छिर्न खोज्ने नेपालीहरु मेक्सिकोमा पक्राउ परेका छन्

No comments:

Post a Comment