२३ वैशाख, काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसमा एमाओवादी समर्थित
अखिल क्रान्तिकारीकी एक नेतृमाथि शांघातिक आक्रमण भएको छ । पिटाइबाट अचेत
बनेकी क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य राजेश्वरी सुवेदीको
पुतलीसडकस्थित क्यापिटल अस्पतालमा उपचार भैरहेको छ ।
क्याम्पसमा इकाइ समिति गठन गरिरहेका बेला नेविसंघका कार्यकर्ताले
कक्षाकोठा भित्रै पसेर सांघातिक आक्रमण गरेको अखिल क्रान्तिकारीका नेता
जागृत रायमाझीले अनलाइनखबरलाई बताउनुभयो ।
No comments:
Post a Comment