नबराज पन्थी
कुवेतटसीटी । वर्ष २०६९ लाई बिदाई गर्नुको साथै नयाँ बर्ष २०७० लाई
स्वागत गर्दै कुबेतमा कार्यरत नेपालीहरु बिच एक आपसमा शुभकामना आदान
प्रदान गर्ने उद्देश्यका साथ नेपाल कुबेत साँस्कृतिक मन्चले आयोजना गरेको
नयाँ बर्ष २०७० रमझम भब्यरूपले सम्पन्न भएको छ । शान्त भब्य सब्य रुपमा
शुक्रबार सम्पन्न कार्यक्रम मन्चका अध्यक्ष टिकाराम आचार्यको सभापतित्व,
नेपाली दूताबास कुबेतका दुतिय सचिब अम्बिका जोशी प्रमुख अथिति रहनु भएको
थियो। पत्रकार नबराज पन्थी र लोकगायक माधब शर्माले संयुक्त रुपमा
कार्यक्रम संचालन गरेका थिए, भने गायक अर्जुन तामाङले मन्तव्यबाट उपस्थित
सबैको स्वागत गरेका थिए ।
प्रमुख अथिति जोशीले दिपप्रज्वलन गरि प्रारम्भ गरिएको औपचारिक
कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य दिदै २०६९ साल जे जस्तो तरिकाले
बितेपनि २०७० सालमा प्रबासको बसाइ सहज बनाउँदै सबैमा आपसी सदभाव समझदारी
भाइचारा नेपालीपन भावनामा एकताबद्द भई हातेमालो गरि अघि बढ्दै सफलता हात
पार्न सबैमा शुभकामना ब्यक्त गरेका थिए। यसैगरी बिशेष अथिति भुवन
पौड्याल, नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष सुजन केसी, माउन्ट
एभरेस्ट क्लबका अध्यक्ष धर्मराज गिरी, एन आर एन ए कुबेतका उपाध्यक्ष राजु
थापा, जनजागृति युवा समाजका अध्यक्ष दिपक क्षेत्री, तमु समाजका अध्यक्ष
खोप गुरुङ, पत्रकार हरिकृष्ण न्यौपाने, अन्तरास्ट्रिय कलाकार समाजका
अध्यक्ष बिबी मल्ल यूएई एक्सचेन्जका राम बस्नेत लगायतले नयाँ बर्ष २०७०
को शुभकामना व्यक्त गर्दै आफ्ना भनाई राखेका थिए।
सो अवसरमा नेपाल कुबेत साँस्कृतिक मन्चमा आबद्द कलाकारहरुले जोडदार
प्रस्तुती पस्किएका थिए। तबला हार्मोनियम, मादलको साथमा प्रत्यक्ष एकल
लोकदोहोरी गीतले गायक माधब शर्माले सबैलाई नचाएका थिए भने गायक ईस्वर
बिकले आधुनिक गीतले सबैलाई भाबुक बनाएका थिए। त्यसै गरि मनिष राई र सबिन
राईको युगल गीतले पनि सबैलाई लट्ठ बनाएको थियो । यसैगरी डोलराज न्यौपाने,
माया न्यौपाने, अनिल रसाइली, अर्जुन तामाङ, निलु गुरुङ्ग, कृष्ण सुनारले
स्वरबाट नेहा राई, गिता आचार्य, जिबन सुनार, धिरे चौधरी, किसन चौधरीले
नृत्यबाट सबैलाई मनोरन्जन दिएका थिए ।
तिमि टाढा मपनि टाढा माछी काडे डादैमा घर सार भन्ने बोलको गीतमा लोक गायक
माधब शर्मा, नारायण पराजुली, कृष्ण सुनार, गायिका बिनिता भण्डारी, माया
न्यौपाने, सोनिया परियार र मिरा पौड्यालको प्रत्यक्ष दोहोरीको
घम्साघम्सीले उपस्थित प्रमुख अथिति जोशी, बिशेष अथिति पौड्याल लगायत
सम्पूर्ण अथितिहरुलाई सुरु देखि अन्त्य सम्म कम्मर मर्काइ नचाउन सफल भएका
थिए। समाजसेबी इन्द्र पोखरेल, बसन्त थापा पाको उमेरमा पनि युवा युवतिको
साथमा दोहोरीमा नाचेर सबैलाई चकित पारेका थिए ।
प्रभासि भुमिमा पनि उपस्थित सबैलाई नेपाली परिकार सेल रोटी र अचार खाने
ब्यबस्था गरिनुको साथै कार्यक्रममा प्रत्यक्ष दोहोरीले मनोरन्जन दिदा
नेपालकै झल्को दिलाएको थियो ।
more pic http://www.onlinekhabar.com/2013/04/60695/
No comments:
Post a Comment